ब्रदर डिपिसि–टि७०० डब्ल्यु मल्टिफङ्सन वायरलेस प्रिन्टर
यो प्रिन्टर विशेषत होम तथा अफिसका लागि उपयुक्त रहेको कुरा विक्रेता कम्पनीले जानकारी दिएको छ । डिपिसि–टि७००डब्ल्यु को इंक ट्यांकहरु पनि सुलभ मूल्यमा पाउन सकिने छ ।
प्रिन्टरले विन्डोज र म्यासिन्टोश दुबै अपरेटिङ सिस्टममा काम गर्दछ । डिपिसि–टि७००डब्ल्युमा भएको अटोमेटिक डक्युमेन्ट फिडर फिचरले गर्दा प्रिन्टरले कपि र स्क्यान अटोमेटीकल्ली गर्दछ । तपाईले प्रिन्टरमा एकपछि अर्को गर्दै पेपर राख्ने झन्झट पनि गर्नुपर्दैन ।
यसैगरी, यसमा रहेको वायरलेस फिचरबाट तपाईले सोझै आफ्नो मोबाइल फोनबाट अर्डर दिएरै मात्र पनि प्रिन्ट गर्न सक्नुहुनेछ । नेपाली बजारमा यसको अधिकतम मूल्य रु. २८ हजार ९ सय रहेको छ ।
Source: http://livingwithict.com/news-product-printer-brother-001/

 

Share this post
Tags
Archive
Sign in to leave a comment

Kaspersky launches cloud security for smaller businesses